citizens life insurance long ad
stcnepal long ad

चुहावट भएको पछिल्लो दस्ताबेजबारे विश्वलाई स्पष्ट पार्न अमेरिकालाई चीनको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

चीनले अमेरिकालाई चुहावट भएको पछिल्लो दस्ताबेजबारे विश्वलाई स्पष्ट पार्न आग्रह गरेको छ ।अमेरिकी सेनाको गोप्य दस्ताबेज सार्वजनिक भएको विषयमा चीनले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिन अमेरिकी पक्षलाई आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताउनुभएको छ ।

पेन्टागनका केही शङ्कास्पद गोप्य दस्ताबेजहरू हालै सार्वजनिक भएका थिए । चुहावट भएका पछिल्ला दस्ताबेजले अमेरिकी सरकार रूस र युक्रेनबीचको द्वन्द्वमा गहिरो रूपमा संलग्न रहेको र आफ्ना सहयोगीहरूको जासुसी गरिरहेको सङ्केत गर्छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिन आवश्यक रहेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले पेन्टागन लिक्सलाई खतरनाक चुहावटको संज्ञा दिँदै यसले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावका बारेमा विश्लेषण भइरहेको र फौजदारी अनुसन्धान अघि बढाइएको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

IME Life
kumari