stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौंका अस्पताल कोरोना संक्रमितले भरिए ? संक्रमित भर्ना नपाएर ७ घण्टा पार्किङमै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल 

 

काठमाडौं । सरकारले कोभिड क्लिनिक भनेर तोकेका अस्पताल मात्रै काठमाडौं उपत्यकामा ६ वटा छन् । तर शनिवार एक संक्रमितले अस्पतालमा भर्ना नपाएर ७ घन्टा एम्बुलेन्समै बिताउनुपर्‍यो ।

दिउँसो ३ बजे एम्बुलेन्समा पाटन अस्पताल पुगेका ती संक्रमितलाई राति १० बजे बल्ल दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा भर्ना गरिएको छ ।

सर्लाही घर भएका ती संक्रमित १ हप्ताअघि भारतको महाराष्ट्रबाट फर्किएका थिए । नेपाल प्रवेश गरेपछि टेम्पोमा घर जानेवेला सप्तरीमा उनी दुर्घटनामा परे र खुट्टा भाँचियो । उपचारका लागि काठमाडौं आएका उनी कुलेश्वरस्थित राजधानी अस्पतालमा भर्ना भएका थिए । शल्यक्रिया गर्नुअघि अस्पतालले गरेको स्वास्थ्य जाँचमा उनमा कोरोना पोजेटिभ देखियो । त्यसपछि राजधानी अस्पतालले उनको शल्यक्रिया नगरी शनिवार दिउँसो पाटन अस्पताल रेफर गरेको थियो ।

एम्बुलेन्समा पाटन पुगेका उनीसँगै २ जना कुरुवा पनि थिए । अस्पताल प्रशासनले बेड खाली नभएको भन्दै बाहिरै कुर्न आग्रह गरेपछि बिरामी सात घन्टा अस्पतालको पार्किङमा एम्बुलेन्सभित्र बस्न बाध्य भए । राति १० बजे मात्रै पाटन अस्पतालले बिरामीलाई केएमसी अस्पतालमा रेफर गर्‍यो ।

सरकारले काठमाडौं उपत्यकामा कोरोनाको उपचारका लागि पाटन अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र, सशस्त्र प्रहरी अस्पताल, काठमाडौं मेडिकल कलेज र त्रिवि शिक्षण अस्पताललाई तोकेको छ । यी अस्पतालमा १८७ आइसोलेसन बेड छन् ।

राजधानी अस्पतालले समन्वय नगरी संक्रमितलाई पठाउँदा घण्टौं एम्बुलेन्समै बस्नुपरेको स्पष्टीकरण पाटन अस्पतालले दिएको छ । ‘उताबाट समन्वय नै नगरी पठायो । हामी कहाँ आइसोलेसन बेड ६ वटा मात्रै छन्, ती सबै भरिएका कारण संक्रमितलाई तत्काल भर्ना गर्न सकिएन,’ अस्पतालका निर्देशक डा. विष्णु शर्माले भने ।

शर्माका अनुसार त्यसबीचमा बिरामीलाई राख्न अन्य अस्पतालसँग सम्पर्क गरिएको थियो । तर सम्पर्क गरिएका अधिकांश अस्पतालले लिन आनाकानी गरे । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालले ‘हड्डी फ्याक्चर केस’ नलिने बतायो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले शल्यक्रियासम्बन्धी सेवा नभएकाले भर्ना गर्न नसकिने जानकारी गरायो ।

 

 

सरकारले इन्जुरी भएका कोरोना संक्रमित बिरामीका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई तोकेको छ । पाटन अस्पतालले त्यहाँ पनि सम्पर्क गरेको थियो । तर शिक्षण अस्पतालले भर्नाका लागि आवश्यक तयारी नभएको भन्दै लिन नमानेको पाटन अस्पताल स्रोतले बतायो ।

केही सीप नलागेपछि पाटन अस्पतालले एम्बुलेन्समै कुरिरहेका संक्रमितबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको थियो । मन्त्रालयको पहलमा राति १० बजे उनलाई केएमसीमा पठाइयो । मन्त्रालयले बनाएको इन्सिडेन्ट कमान्ड कन्ट्रोल (आइसिएस) संयोजक डा. गुणराज लोहनीले संक्रमितलाई केएमसी पठाइएको बताए । कलेजकी प्रिन्सिपल डा. चन्दा कार्कीले पनि मन्त्रालयले सम्पर्क गरेर कोरोना संक्रमित बिरामी पठाएको बताइन् ।

संक्रमितसँगै २ कुरुवा पनि ७ घढटासम्म एम्बुलेन्समै बस्न बाध्य भएका छन् । अस्पतालको लापरबाहीले उनीहरू पनि जोखिममा परेको एम्बुलेन्स चालकले बताए । ‘मैले त पीपीई लगाएको छु, खोल्न मिल्दैन । पानी समेत नखाई बसेको छु तर कुरुवाहरू मास्क पनि पुरानो देखिने लगाएर बस्नुभएको थियो,’ उनले भने, ‘अहिले थोरै संक्रमित देखिएका बेला त अस्पतालहरूको हालत यस्तो छ भने भोलि केही हजार संक्रमित देखिँदा के हुने हो ?’ एम्बुलेन्स चाकलले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari