हिमालयन एभरेष्ट इन्स्योरेन्सले कर्मचारी माग्यो
कति चाहिन्छ योग्यता ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले डोटनेट डेभलपर पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले केन्द्रिय कार्यालयको लागि कर्मचारी माग गरेको जनाएको छ । उक्त पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको तथा सम्बन्धीत क्षेत्रमा दुई वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको इमेल मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।






















