stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोरियाबाट फर्केकालाई उद्यमशीलताको अवसर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । दक्षिण कोरियाबाट फर्केका नेपाली नागरिकका लागि ‘रिटर्नी इनोभेटर्स फर नेपाल’ को तेस्रो समूहका लागि आवेदन माग गरेको छ ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ‘के–हामी’ परियोजना अन्तर्गत इपिएसमार्फत दक्षिण कोरियामा काम गरी नेपाल फर्किएका व्यक्तिलाई उद्यमशीलता विकास र दिगो सामाजिक आर्थिक एकीकरणमा सघाउन यो कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमका लागि छनोट हुने उद्यमीले निःशुल्क उद्यमशीलता बुटक्याम्प, मेन्टरसिप र सहुलियतपूर्ण कर्जाका लागि सिफारिसलगायतका प्राविधिक सहयोग प्राप्त गर्ने व्यवस्था छ ।

मन्त्रालयका अनुसार देशभरका ७५३ वटै स्थानीय तहमा रहेका रोजगार, सिप तथा उद्यमशीलता केन्द्रलाई यस  सम्बन्धमा पत्राचार गर्दै आवश्यक समन्वय र सहजीकरण गर्नसमेत निर्देशन दिएको छ ।

मन्त्रालयले स्थानीय तहलाई आआफ्नो क्षेत्रभित्र रहेका कोरिया रिटर्नीलाई यसबारे सुसूचित गराउन र आधिकारिक वेबसाइटमार्फत आवेदन दिन प्राविधिक तथा प्रशासनिक सहयोग पु¥याउनसमेत अनुरोध गरेको छ ।

IME Lifesidebar
kumari