citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

साप्राबाट निकालियो तीन किलोको ट्यूमर

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

चितवन । तपाईको शरीरमा कतै सानोतिनो ट्यूमर त छैन । समय समयमा शरीरका विभिन्न भागमा परीक्षण गर्ने गर्नुहोस् । अन्यथा ट्यूमर बढ्दै गएर ठूलो समस्या बन्न सक्छ ।

नवलपरासीका एक व्यक्तिको साप्रा (तिघ्रा) बाट तीन किलोको ट्यूमर निकालिएको छ । विगत पाँच वर्षदेखि बढ्दै गएको उक्त ट्यूमरको गत शुक्रबार शल्यक्रिया गरी निकालिएको हो ।

कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का डा. नारायण बेलबासी नेतृत्वको चिकित्सक टोलीले ५९ वर्षिय ती पुरुषको साप्राबाट उक्त ट्यूमर निकालेको हो ।

डा. निश्चित श्रेष्ठ, डा. विनय तिमिल्सिना, एनेस्थेसियोलोजिष्ट डा. राजेश यादव सहितको टोलीले सफल शल्यक्रिया गरेको हो ।

शल्यक्रियामा संलग्न डा. निश्चल श्रेष्ठका अनुसार उक्त पुरुषको देब्रे साप्रोमा ठूलो ट्यूमर देखिएको थियो । आफूहरुले खुट्टामा यति ठूलो ट्यूमरको शल्यक्रिया गरेको यो पहिलो घटना भएको श्रेष्ठले बताउनुभयो । प्रारम्भिक जाँचमा बोसोसको ट्यूमर देखिएको उहाँले जानकारी दिनुभयो ।

यस्ता खाले ट्यूमर बढ्दै गएपछि हेर्दा नराम्रो देखिने, दुख्दै जाने समस्या आउने उहाँको भनाई छ । बिरामीको अवस्था सुधार हुँदै गएको छ ।

 

 

himalayan life insurance
igi long