stcnepal long ad
global ime bank long

मौलिकता गुमाउँदै बारपाक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

बारपाक (गोरखा), । पुनर्निर्माणपछि मौलिक पहिचान गुमाएको गोरखाको बारपाकले पर्यटक गुमाउने खतरा बढेको छ।

परम्परागत सीप र विधिबाट बनाइएका एकनासे घर नै प्रमुख आकर्षक बनेको बारपाकमा २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरियो। नयाँ भवन निर्माण भएपछि मौलिक पहिचान गुमाएकाले पर्यटन क्षेत्रमा असर पर्ने देखिएको हो।

ढुङ्गाका घर, ढुङ्गाकै भुइँ, ढुङ्गाकै छाना, ढुङ्गाकै पर्खालका कारण एकनासका देखिने घर यहाँको पहिचान थियो। अहिले त्यस्ता घर प्रायः लोप भइसकेका छन्। आधुनिक भौतिक संरचनाका कारण पर्यटन क्षेत्रमा असर पर्ने देखिएपछि पर्यटन व्यवसायी चिन्तित देखिएका छन्।

पर्यापर्यटनविज्ञ विश्वराज सुवेदी बारपाकले मौलिक साख गुमाउन नहुने बताउँदै भन्नुभयो, “बारपाकको पहिचान नै मौलिक घर र सांस्कृतिक कार्यक्रम हुन्। त्यो नै बिस्तारै लोप हुन थालेपछि त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रभाव पार्छ।”

बारपाकमा दैनिक सरदर ५० जना पर्यटक अहिले पनि जाने गरेका छन्। विगतभन्दा यो सङ्ख्या घटेको हो। होटल व्यवसायी सङ्घ बारपाकका सदस्य जितबहादुर घलेले पुरानै मौलिक पहिचान खोज्ने पर्यटक आउन छाडेको बताउँदै भन्नुभयो, “अब पहिलेजस्तो बारपाक गाउँ कहाँ रह्यो र रु सहरका सुविधा पाइने भयो। गाउँ खोजेर आउने पर्यटक बिस्तारै घट्न थाले।”

भूकम्पका कारण बारपाकका मौलिक घर प्रायः सबै पाताल भए। पुनर्निर्माण गर्दा परम्परागत शैलीलाई नै अपनाउनुपर्नेमा आधुनिक शैली अपनाइयो। बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेले भूकम्पका कारण धनजनका साथै मौलिक घर पनि गुमाउनुपरेको उल्लेख गर्दै पुनर्निर्माणक्रममा मौलिक परम्परालाई कायम राख्न ठोस योजना नहुँदा समस्या भएको बताउनुभयो।

भूकम्पमा परी बारपाकका ७२ जनाले ज्यान गुमाएका थिए। एक हजार ४६० घर क्षतिग्रस्त भएको थियो। अहिलेसम्म एक हजार चार सय घर पुनर्निर्माण भइसकेका छन्। माटोको जोडाइका घर विस्थापित भई कङ्क्रिटका घर निर्माण गरिएका छन्। बारपाकभरिमा अहिले जम्माजम्मी चार घर मात्र मौलिक छन्।

स्थानीय साँहिला गुरुङले घर निर्माण गर्दा सरकारले तीन लाख रुपियाँ राहत दिएको सुनाउँदै भूकम्प प्रतिरोधी हुने भनेर कङ्क्रिटको घर बनाएको बताउनुभयो। कङ्क्रिटकै घर बनाउनुभएका अर्का स्थानीय नन्दु गुरुङले भन्नुभयो, “भूकम्प जाँदा यहाँ दुईरचारवटा मात्र कङ्क्रिटका घर थिए। भूकम्प प्रतिरोधी हुन्छन् भनिएकाले कङ्क्रिटकै घर निर्माण ग(यौँ।”

पुराना मौलिक घर वातावरण अनुकूल थिए। अहिलेका कङ्क्रिटका घरमा चिसो बढी हुने र बूढापाकामा चिसोबाट हुने विभिन्न रोग पनि देखिन थालेको छ। भिक्टोरिया क्रस विजेता गजे घलेको गाउँका रूपमा पनि परिचित बारपाकमा अहिले घाटु नाच लोप भइसकेको छ भने मारुनी नाचको मौलिकतामा पनि केही परिवर्तन आएको छ।

बारपाक सुलिकोट गाउँपालिकाका इन्जिनियर अविनव गौतमले स्थानीय समुदाय सचेत नहुँदा मौलिकता गुमाउँछ भन्ने कुरा बारपाक राम्रो उदाहरण हो भन्दै पर्यटक आगमन वृद्धिका लागि अपनाउनुपर्ने प्रयासबारे यहाँ बहस सुरु हुन थालेको बताउनुभयो।

बारपाकवासीलाई परम्परागत घरलाई पनि भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने जानकारी नहुँदा बारपाकमा समस्या आएको देखिन्छ।

काठमाडौँ विश्वविद्यालयकी आर्किटेक्ट विभागका प्राध्यापक झरना जोशीले पुराना घरलाई पनि भूकम्प प्रतिरोधी बनाउन सकिने बताउँदै थप्नुभयो, “बारपाकको मौलिकता बचाउन खोजिएन। पुनर्निर्माण गर्दा आधुनिक निर्माण विधि र प्रविधिलाई अपनाउँदा समस्या भयो।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

IME Lifesidebar
kumari