stcnepal long ad
himalayan Everest Insurance long ad

केही दिन हावाहुरी र चट्याङको जोखिम

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले अबका केही दिन सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

सहज रूपमा नेपालमा मनसुन भित्र्याउन मनसुनपूर्वको अवस्थामा वायुमण्डलका बादल, जलवाष्पका कण र सुक्खा वायुबीच सङ्घर्ष चल्ने गर्छ। जसका कारण बादल गर्जने, हावाहुरी चल्ने र चट्याङ पर्ने मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो। उहाँका अनुसार अहिले मनसुनजन्य वातावरण निर्माणका लागि आकाशमण्डलमा त्यस्तै मौसमजन्य तत्वहरू सक्रिय छन्।

मनसुनपूर्वको अत्यधिक दृश्य सूचकका रूपमा मेघ गर्जने, हावा चल्ने र चट्याङ पर्दा त्यसप्रति सजग भइएन भने मानिसको ज्यान जाने सम्भावना हुन्छ। बर्खे खेतबालीको तयारीको समय भएकाले प्रायः किसान परिवार खेतबारीमा रहने भएकाले सचेत हुनु आवश्यक छ।

ज्यानभन्दा ठूलो खेती हैन भन्ने सम्झेर बादल लागेर हावा चल्न सुरु भएपछि घरभित्र पस्नु नै जोखिम न्यूनीकरणको पहिलो उपाय भएको उहाँ औँल्याउनुहुन्छ। यस वर्षको पूर्वमनसुन सुरु भएसँगै दुई दिनयता धनकुटा, सङ्खुवासभा, पाँचथर, बागलुङ र प्युठानमा चट्याङ लागेर दस जना घाइते भएको थियो।

आगामी जेठसम्म नै चट्याङको जोखिम उच्च हुने भएकाले पनि सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। अझै केही दिन बादलजन्य गतिविधिले मौसम अवरोधपूर्ण नै रहेको मौसमविद् झाले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान आकाश खुला भए पनि अपराह्नदेखि हावाहुरी चल्ने, मेघ गर्जन र चट्याङसहितको वर्षा हुने क्रम निरन्तर रहनेछ।

काठमाडौँ उपत्यकासहित पूर्व तथा पश्चिम नेपालका पहाडी भेग मेघ गर्जन र चट्याङका हिसाबले जोखिमयुक्त क्षेत्र हुन्। तराईमा भने चट्याङसहित चर्को हावाहुरीको जोखिम यो सिजनमा रहने गरेकाले पुराना, छाप्राघर र रुख वरपरका घरका मानिसले ध्यान पु(याउनुपर्ने हुन्छ।

मौसम पूर्वानुमान महाशाखाले केही दिन अचाक्ली हावाहुरीको सम्भावना नरहे पनि मेघ गर्जनको समयमा चट्याङ पर्नुअघि हावाहुरीको जोखिम रहने जनाएको छ। बिहान करिब ४ देखि ५ नट (हावाको मापनसूचक) रहे पनि दिन घर्कंदै जाँदा १० देखि १२ नटसम्मको हावा बहने सम्भावना रहेको छ। दस नटभन्दा माथि हावाको वेग गएपछि त्यो हुरीमा परिणत हुन्छ।

त्यस्तै ४० नटभन्दा माथि गयो भने आँधी, हुरी हुँदै एक सय नटको आसपासबाट त्यसले चक्रवातका स्वरूप लिन सक्छ। पहाडमा सामान्य हावाको वेगले असर तुलनात्मक रूपमा कम गरे पनि तराईमा त्यसको प्रतिशत दोब्बर हुने भएकाले हावाको वेग बढ्छ र क्षति पु(याउन सक्ने सम्भावना मौसमविद् झा बताउनुहुन्छ।

यति बेला पश्चिमी वायुसँगै स्थानीय र भारतको राजस्थानमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा एकैचोटि परिरहेको छ।

लामो समय वर्षा नहुँदाको अवस्थामा देखिएको वर्षा गराउने प्रणाली सुखद भए पनि हावाहुरी र चट्याङको क्रम दोहोरिँदा जनधनको क्षति बढाउने सम्भावना रहने विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

गत वैशाखयता चट्याङ लागेर ८० जनाले ज्यान गुमाएका छन् भने २०२ जना घाइते भएका छन्। त्यस्तै हावाहुरीबाट नौ जनाको ज्यान गएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

५ चैत २०७९, आइतवार ०६:२२ बजे प्रकाशित

NTA long ad