stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आरडिटी परीक्षण, माछापोखरी क्षेत्रमा १५ जनामा पोजेटिभ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ५ गते सोमबार

काठमाडौं । काठमाडौंको बालाजुस्थित माछापोखरी तरकारी बजारमा गरिएको कोरोना परीक्षणका क्रममा १५ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ ।

आइतवार तरकारी बजार तथा नयाँ बसपार्क क्षेत्रका ४२० जनाको आरडिटी परीक्षण तथा १ सय ७२ जनाको पिसिआर परीक्षण गरिएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर २६ र १६ अन्तर्गत पर्ने क्षेत्रका नागरिक तथा सुरक्षाकर्मीको र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणको क्रममा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

आरडिटीमा पोजेटिभ देखिएकाको स्वाब संकलन गरि पिसिआर परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको कामनपा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।

अहिले आरडिटीमा कोरोना पोजेटिभ देखिएपनि पिसिआर रिपोर्ट नआउन्जेल कसैलाई पनि संक्रमित भन्न नमिल्ने रिजालको भनाइ छ । यसअघि काठमाडौं महानगरका ३१ जना कर्मचारीको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि पिसिआर रिपोर्ट नेगेटिभ अर्थात कोरोना संक्रमण नभएको आएको थियो ।

बसपार्क क्षेत्रमा तरकारी पसल गरेर बस्ने सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि सो आसपास क्षेत्रमा परीक्षणलाई तीब्र पारिएको छ ।

prabhu mahalaxmi
kumari