अमेरिकी डलरको आज भाउ कति छ ?

आर्थिक सञ्जाल २०७७ जेठ ५ गते सोमबार
काठमाडौं । सोमबार एक अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ ६० पैसा र बिक्री दर १२१ रुपैयाँ २० पैसा तोकिएको छ ।
केन्द्रीय बैंकले यो सटही दर निर्धारण गरेको हो । पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा अडिइरहेको छ ।
यता, विश्व बजारमा कोरोना भाइरसको प्रभावका कारण पेट्रोलियम पदार्थ, सेयर बजार भने माथि उठ्न सकेका छैनन् । तर, विश्व अर्थतन्त्रमा कोरोना प्रभाव पर्दा पनि डलरले भने उचाई बनाउन सकेको हो । फलस्वरुपः लगानीकर्ताहरु सुन र डलरमा आकर्षित भएका हुन् ।
यता, अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा पनि खस्केको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सीधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ । डलरसँग भारु जुन दरमा अवमूल्यन हुन्छ त्यहीअनुसार नेपाली मुद्राको अवमूल्यन गर्ने चलन छ ।