citizens life insurance long ad
stcnepal long ad

नगद रहित कारोबार प्रवर्द्धनका लागी राष्ट्र बैंकको जनचेतनामूलक भिडियो सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विद्युतीय माध्यमबाट हुने खुद्रा भुक्तानी कारोबार प्रवर्द्धन गर्नका लागी नेपाल राष्ट्र बै‌ंकले जनचेतनामूलक श्रव्यदृश्य सामाग्री सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले दैनिक उपभोग्य वस्तु किनमेल गर्दा नगदको साटो मोबाइल बैंकिङ वा डिजिटल वालेटमार्फत् नगद रहित भुक्तानीको माध्यमबाट भुक्तानी गर्न अनुरोध गरेको छ।

फेसबुक पेजमार्फत् सार्वजनिक गरिएको श्रव्यद्दश्यमा दुई शहरीया महिलाहरु डिपार्टमेन्टल स्टोरमा किनमेल पछि भुक्तानीको क्रममा तीमध्ये एक महिलाले आफूले नगद घरमै बिर्सिएकाले पैसा सापटी दिन आग्रह गरेपछि अर्की महिलाले नगदको साटो क्यु आर कोडमार्फत् नगद रहित भुक्तानी गर्न सुझाव दिएको दृश्य समेटिएको छ। यो संवाद चलिरहँदा पसले महिला साक्षी बसेको देखाइएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा क्यु आर कोडमा आधारित कारोबारको संख्या २ करोड ६९ लाख ५० हजार नाघेको थियो । साथै क्यु आर कोडको प्रयोग मार्फत् भएको कारोबारको लागी खरिदकर्ताले ९४ अर्ब ५० करोड ८० लाख रुपैयाँ भुक्तानी गरेका थिए ।

बैंकका अनुसार गत आवमा अघिल्लो आवको तुलनामा कारोबार स‌ंख्या र रकम दुबै वृद्धि भएको छ । आव २०७७/७८ को तुलनामा कारोबारको स‌ंख्या ३८२.८ प्रतिशतले र कारोबार रकम ३६६ प्रतिशतले वृद्धि भएको छ।

IME Life
kumari