prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

नेपाल टेलिकमलाई २४ घण्टे स्पष्टीकरण

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। बिहीबार नेपाल टेलिकमको पोस्टपेड सेवाको बिल रन गर्ने क्रममा समस्या देखिएसँगै कारण खुलाउन स्पष्टीकरण सोधेको हो ।

टेलिकमको यो समस्याका कारण प्रयोगकर्ताको रकम काटिने, रिचार्ज गर्दा नदेखिने तथा वान वे बार हुनेलगायतको समस्या देखिँदै आएको छ ।

नेपाल टेलिकमले भने बिहीबार नै एक विज्ञप्ति जारी गर्दै मासिक बिल प्रशोधन गरी हिसाब मिलान गर्ने कार्य रातभरमा सम्पन्न हुनुपर्नेमा बिहानसम्म नसकिँदा समस्या आएको बताएको थियो । पछिल्लो समय टेलिकममा आन्तरिक देखि बाह्य धेरै समस्याहरू देखिँदै आएका छन् ।

संस्थागत सुधार भन्दा अन्यत्रै ध्यान दिन थालेसँगै टेलिकमको गुणस्तर दिन प्रतिदिन खस्कँदो अवस्थामा पुगेको छ  । जसमा सम्बन्धित निकायको मौनता अझ बढी रहस्यमयी बन्दै आएको छ ।

६ फागुन २०७९, शनिवार २१:३९ बजे प्रकाशित

NTA long ad
stcnepal long ad