citizens life insurance long ad
stcnepal long ad

म्यानचेस्टर युनाईटेड काराबाओ कपको फाइनलमा

Nimb long ad
Prabhu Insurance Long Ad

म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघम फरेस्टलाई २० ले हराउँदै समग्रमा ५(० को जितसहित युनाईटेड फाइनल पुगेको हो।

पहिलो लेगमा युनाईटेडले ३–० को अग्रता बनाएको थियो। दोस्रो लेगमा युनाईटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले १–१गोल गरे।

खेलको ७३ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाए। खेलको ७६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडको जित पक्का गरे। अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग भिड्नेछ।

IME Life
kumari