stcnepal long ad
ime life insurance
national life
global ime bank long

कम तौलको चामल बिक्री तीन लाख जरिवाना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ३ गते शनिबार

काठमाडौं । बिक्री बिल जारी नगरी कम तौलको चामल बिक्री गरेको भन्दैे एक पसललाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आएको गोप्य सूचनालाई आधार बनाएर गरिएको अनुगमनमा मैतीदेवीस्थित मातारानी ट्रेडिङले स्थानीय चामल भन्दै छुट्टाछुट्टै तौल राखेर बिक्री गरेको भेटिएपछि कारवाही स्वरुप रु तीन लाख जरिवाना गरिएको छ ।

गुनासोका आधारमा विभाग र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गर्दा २५ किलोको बोरा भन्दै २१, २२ र २३ किलोको चामल बिक्री गरिएको भेटिएपछि तत्काल उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

उनका अनुसार तीन छुटै तौल भएको चामलको बोरा नापतौल विभागले परीक्षणका लागि लगेको छ । स्थानीय चामल  बाहिरबाट ल्याएर स्थानीय भन्दै बिक्री गरिएको परीक्षणको रिपोर्ट आएपछि थाहा हुने उनले जानकारी दिए । अनुगमनका क्रममा लोकल चामल भनेर अरुबाट नै खरीद गरेर चामल बिक्री गरेको र तौलका विषयमा आफू जानकार नभएको पसल सञ्चालकले बताएको उनले जानकारी दिए ।

“प्रारम्भिक अनुगमनका क्रममा बिक्री गर्ने पसलको पनि कमजोरी देखिएकाले तत्काल कारवाही गरिएको हो । चामल बिक्री गर्ने अन्य व्यक्तिहरुको खोजी गरिएको छ”, उनले भने, “गल्ती गर्नेहरुलाई नियम अनुसार विभाग र नापतौल विभागले छुट्टाछुट्टै कारवाही गर्नेछन् ।”

IME Lifesidebar
kumari