stcnepal long ad
ime life insurance
national life
global ime bank long

मेलम्ची खानेपानी आयोजना आगामी आर्थिक वर्ष भित्र सम्पन्न गरिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ३ गते शनिबार

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण निर्माण कार्य आगामी आर्थिक वर्ष भित्र सम्पन्न गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम मार्फत सो कुरा बताइएको हो । मेलम्चीसँगै याङ्री र लार्के खोलाको पानी काठमाडौँ ल्याउने दोस्रो चरणको आयोजना पनि सुरु गरिने भएको छ ।

आधारभूत खानेपानी सुविधा बढाइने
९१ प्रतिशतबाट बढाएर ९४ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी सुविधा पु¥याइने भएको छ । सात प्रदेशमा सञ्चालन आधारभूत खानेपानीका आयोजनालाई थप विस्तार गरिने भएको छ । ढल निर्माण, फोहोर प्रशोधन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने छ । गुणस्तरीय खानेपानीमा सबैको पहुँच हुनेगरी कार्यक्रम सञ्चालन गरिने भएको छ ।

पेट्रोलियम पाइपलाइनको विस्तार
सरकारले पेट्रोलिमय पदार्थको सहज आपूर्तिका लागि पेट्रोलियम पाइप लाइनको विस्तार गर्ने भएको छ । भारतको मोतीहारीबाट अमलेखगञ्जसम्म ल्याइएको पेट्रोलियम पाइप लाइनलाई चितवनको लोथरसम्म विस्तार गरिने भएको छ । यस्तै भारतको सिलगुढीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन विस्तारको अध्ययन गरिने भएको छ ।

झापा र धनुषामा ग्यास बोटलिङको कार्य अघि बढाइने भएको छ । अत्यावश्यक वस्तुको आपूर्ति प्रणाली सहज बनाइने छ । भण्डारण क्षमता विस्तारका लागि रुपन्देही, झापा, बारालगायतका जिल्लामा कार्य अघि बढाइने र आपूर्ति एबं भण्डारण वितरण प्रणाली व्यवस्थित एवं सुधार गरिने भएको छ । यस्तै दैलेखलगायतका १० स्थानमा पेट्रोलियम पदार्थ तथा फलाम खानीको अन्वेषण अघि बढाइने छ ।

दैलेखमा जारी रहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम अघि बढाइने र नवलपरासीको फलाम खानीबाट उत्पादन सुरु गरिने भएको छ । खनिज तथा पेट्रोलियम पदार्थको अन्वेषण र उत्खननको नीति अघि बढाइने भएको छ ।

आयोजना तोकिएकै समयमा
भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिइने भएको छ । आयोजना तोकिएको समय र लागतमै सम्पन्न गरिने, फजुल खर्च रोक्दै उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गरिने भएको छ ।

ठूला आयोजनाहरूमा विदेशी लगानी आकर्षित गरिने तथा आयोजनाको आवश्यकता अनुसार पुनर्संरचना र प्राथमिकीकरण पनि गरिने भएको छ ।

विद्युतीय यातायातलाई प्रोत्साहन
विद्युतीय यातायातलाई प्रोत्साहित गरिने भएको छ । राजमार्गमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण कार्य अघि बढाइने र यातायातको क्षेत्रको नियममन र अनुगमन प्रभावकारी बनाइने भएको छ ।  आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari