stcnepal long ad
ime life insurance
national life
global ime bank long

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा नाफा १।४३ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो ।

हाल १० अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य नाफा भने एक अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

बैंकले पुस मसान्त सम्ममा एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको पुससम्ममा बैंकले एक खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब कर्जा लगानी गरेको थियो।

दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकको प्रति शेयर आम्दानी १९ रुपैयाँ ९९ रुपैयाँ रहेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ रहेको छ। बैंकको आधार दर ११.२३ प्रतिशत छ भने स्प्रेड दर ४.२५ छ । बैंकको सीडी रेसियो ८५.१८ रहेको छ ।

 

IME Lifesidebar
kumari