stcnepal long ad
himalayan Everest Insurance long ad

एनएमबि बैंकको खुद नाफा ११.०८ प्रतिशतले बढेर १ अर्ब ९० करोड रुपैयाँ पुगे

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनएमबि बैंकको खुद नाफा ११.०८ प्रतिशतले बढेर १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको यसैअवधिमा यसले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५७.२२ प्रतिशत र १२.२० प्रतिशतले बढेको छ ।

हाल यसको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ७ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा ६३ करोड ९७ लाख रुपैयाँ छ । स्व–पुँजीमा प्रतिफल (आरओई) १४.०६ प्रतिशत रहेको छ । गत वर्ष आरओई १३.९५ प्रतिशत रहेको थियो । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ०६ पैसाले बढेर २० रुपैयाँ ७ पैसा रहेको छ ।

८ माघ २०७९, आइतवार ०७:३७ बजे प्रकाशित

NTA long ad