stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिभिल बैंकको नाफा २६.३९ प्रतिशतले बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आवको दोस्रो त्रैमाससम्म बैंकको नाफा २६.३९ प्रतिशतले बढेर ६३ करोड ७० लाख २२ हजार रुपैयाँ पुगेको छ ।

जुन गत आवको सोही अवधिमा ५० करोड ४० लाख रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २५ करोड २२ लाख ५७ हजार रुपैयाँ पुगेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.९० प्रतिशत बढेर २ अर्ब २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा २८.५० प्रतिशतले बढेर ९४ करोड ९ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८२ करोड ३९ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

९४ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैकले ८४ अर्ब ८ करोड १७ लाख ६३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिसेयर  आम्दानी १४ रुपैयाँ ४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ९६ पैसा रहेको छ । सिभिल बैंक हिमालयन बैंकसँग मर्ज हुन लागेकोछ ।

IME Lifesidebar
kumari