stcnepal long ad
ime life insurance
national life
global ime bank long

तिलगंगा आँखा अस्पताललाई मानिक विश्वविद्यालय बनाउने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तिलगंगा आँखा केन्द्रलाई मानिक विश्वविद्यालय बनाउन प्रतिबद्धता व्यक्त गरेका छन् ।

तिलगंगा आँखा अस्पतालका निर्देशम डा. सन्दूक रुइत र प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मानिक विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक रहेकोले यससम्बन्धी अवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रचण्डको भनाई छ ।

उक्त भेटको अवसरमा प्रधानमन्त्री प्रचण्डले हालै डा। रुइत बहराइन सरकारद्धारा प्रदान गरिएको इसा अवार्डबाट सम्मानित भएकोमा बधाई व्यक्त गरे ।

यो सम्मानले सिंगो नेपालकै शिर उच्च राखेको बताउँदै नेपालमा अन्तराष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको प्रधानमन्त्रीले बताए ।

उक्त भेटमा डा.रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागि समेत नेपालमा नै औषधि उत्पादन गर्न सकिने सम्भावनाको बारेमा चर्चा गरेका थिए ।

IME Lifesidebar
kumari