stcnepal long ad
global ime bank long

आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्नेआज पुस २६ गते अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज पुस २६ गते मंगलबार अन्तिम दिन हो । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस २७ गते बुक क्लोज गर्दैछ ।

त्यसैले यो कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नु पर्नेछ । इन्स्योरेन्सले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३२५ नगद लाभांश वितरण गर्दैछ ।  यस कम्पनीले लाभांश प्रस्ताव पारित गर्न माघ ९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

प्रबन्धपत्र तथा नियमावलि संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सभा होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

IME Lifesidebar
kumari