stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सेवा एकिकृत कारोबार सुरु गर्न दुई दिन बन्द हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकिकृत कारोबार पुस २७ गते हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले शुक्रबार सूचना जारी गर्दै एकीकृत कारोबार मिति पुस २७ गते बुधबार तय भएको जानकारी दिएको हो ।

यस्तै, बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि दुई दिन दिन पुस २५ र २६ गतेसम्म प्रभु र सेन्चुरीद्वारा आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको सम्पुर्ण सेवाहरु बन्द रहने जानकारी दिएको छ ।

दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको १ कित्ता सेयर बराबर मेगा बैंकको ०।९० कित्ता हुनेछ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे बन्नेछन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जर पश्चात् सञ्चालक बन्नेछन् ।

त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ ।

मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

IME Lifesidebar
kumari