stcnepal long ad
ime life insurance
national life
global ime bank long

घुस लिएको अभियोगमा मुद्दा दायर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग रू ११ हजार बराबरको घुस लिएको पाइएको छ । आयोगले यादवलाई गत असोज ३१ मा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।

आयोगका अनुसार अपरेटर यादवले दुई पटक गरी रु ११ हजार बराबरको घुस लिएको पाइएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार आरोपितलाई बिगो बमोजिम सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

IME Lifesidebar
kumari