stcnepal long ad
ime life insurance
national life
global ime bank long

५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ।नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो।

पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते ५३ खर्ब २ अर्ब पुगेको हो। मङ्सिरको अन्तिमसम्ममा ५२ खर्ब हराहारीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न थालेको हो।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकमा मात्रै ४६ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन भएको छ। पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन्।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ।बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ।

IME Lifesidebar
kumari