stcnepal long ad
ime life insurance
national life
global ime bank long

गरिमा बैंकको १६औं साधारण सभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंकको लाभांश पारित भएको छ । बैंकको सोह्रौं वार्षिक साधारण सभाले प्रस्तावित १४।५० प्रतिशत लाभांश पारित गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । योसँगै बैंकको चुक्ता पूँजी पाँच अर्ब १८ करोड ७६ लाख रुपैयाँ भएको छ ।

सभाले बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरेको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुमा प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।

IME Lifesidebar
kumari