पत्रकार महासंघ उपत्यका प्रदेश समितिबाट काठमाडौं शाखाका सदस्यलाई निःशुल्क औषधि
आर्थिक सञ्जाल २०७७ वैशाख ३० गते मंगलबार
काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रदेश समिति अन्तर्गतका जिल्ला शाखा आवद्ध विभिन्न प्रकृतिका बिरामीका कारण नियमित औषधि सेवन गरिरहेका सञ्चारकर्मीलाई सम्भव भएसम्मको औषधि उनीहरुको घरैमा लगेर निःशुल्क उपलब्ध गराउदै आएको छ ।
विश्वव्यवापी कोभिड–१९ संक्रमणको जोखिम फैलिन नदिन सरकारले जारी गरेको ‘लकडाउन आदेशका कारण औषधि प्राप्तिमा असहज नहोस भन्ने मुल अभिष्ट सहित प्रदेश समितिका महासचिव श्रीजन झाको संयोजकत्वमा बनाईको औषधि सहजीकरण समितिले महासंघ काठमाडौं शाखाका सदस्य बिचारी चामलिङ्ग र आशाकाजी महर्जनलाइ आज नि:शुल्क औषधि उपलब्ध गराएको हो ।
लामो समय देखि पत्रकारितामा समर्पित रहदै पछिल्लो समय प्रदेश पार्षद समेत रहेका पत्रकार चामलिङ्गको २०६९ सालमा मृगौला प्रत्यारोपण गरि नियमित औषधि सेवन गर्दै आइरहेका छन ।
त्यस्तै मृगौला रोग पिडित फोटो पत्रकार महर्जन भने डायलासिस मार्फत उपचारको क्रममा रहेका छन । महासचिव झाले पत्रकारद्धयले नियमति सेवन गर्दै आएको र बजारमा उपलब्ध भएसम्मको औषधि औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यको सहयोगमा पत्रकार चामलिङ्गलाइ क्रमस Lotan 50 , Fstat 40, Dilzime 90, Mylode 10, Emsolone 5 र Pantop 40 त्यस्तै गरि पत्रकार महर्जनलाइ Siptin 500 Telma 40 उपलब्ध गराएको हो ।
यस अघि समितिले मिर्गौला पीडित पत्रकार बीके पाल्पाली र उनकी श्रीमती रेणुका भट्टराई ,महासंघ काठमाडौं शाखाका वरिष्ठ सदस्य चक्रपाणि नेपाल र सोहि शाखाका अर्का सदस्यत्रय नेत्र बहादुर हमाल, मनोज सार्थकसंगै शाखाका पूर्व अध्यक्ष इश्वरी वाग्ले लगायतलाई प्राप्त जानकारी अनुरुप औषधि व्यवसायीसंगको सहकार्यमा औषधि उपलब्ध गराउदै स्वास्थ्य लाभको कामना गरिएको थियो ।
औषधि हस्तान्तरणको क्रममा फोकल पर्सन सागर पन्त, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद निरज रञ्जित, पत्रकार बैरागी जेठा , फोटो पत्रकार अनुप प्रधान लगायतको उपस्थिती रहेको थियो ।























