stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा बैंकले सीईओलाई दियो २ करोड १४ लाख तलब भत्ता, सञ्चालकले कति लिए भत्ता ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २ करोड १४ लाख ६ हजार रुपैयाँ तलब, भत्ता दिएको छ ।

बैंकले गत आर्थिक वर्षमा सीईओलाई २ करोड १४ लाख ६ हजार रुपैयाँ भुक्तानी गरेको छ । यस्तै बैंकले अन्य प्रमुख व्यवस्थापकहरुलाई ४ करोड ६१ लाख १ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकका अनुसार गत वर्ष माघ ११ गतेसम्म भुवन कुमार दाहाल (सीईओ) रहेका थिए भने माघ १२ गते निश्चल राज पाण्डे सीईओ भएका हुन् ।

बैंकले संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता १३ हजार र संचालकलाई प्रति बैठक भत्ता १२ हजार रुपैयाँ दिने गरेको छ ।

himalayan Everest Insurance long ad

यो बाहेक अध्यक्ष तथा संचालकहरुलाई पत्र–पत्रिका, टेलिफोन, इन्टरनेट आदि सेवाका निमित्त प्रति सदस्य मासिक १२ हजार रुपैयाँ दिने गरेको छ ।

बैंकले संचालक समितिका सदस्यहरुलाई आव २०७८/७९ मा बैठक भत्ता बापत जम्मा ३५ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

IME Lifesidebar
kumari