stcnepal long ad
ime life insurance
national life
global ime bank long

सरकारले कार्यविधि नै स्वीकृत गरेर श्रमिक जाने बाटो खुल्ला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । मौसमी श्रमिक बढी मात्रामा माग हुने गरेपछि सरकारले कार्यविधि नै स्वीकृत गरेर श्रमिक जाने बाटो खुल्ला गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिनुभयो ।

कार्यविधि स्वीकृतिसँगै ठुलो मात्रामा श्रमिकको माग हुने बेलायत, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा श्रमिक जानका लागि बाटो खुल्ला भएको छ । कार्यविधि स्वीकृति भएसँगै निःशुल्क रूपमा मौसमी श्रमिक जान पाउने भएको हो ।

हालसम्म सरकारले मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारीमा पठाउने गरेको थिएन । कार्यविधिले न्यूनतम दुई वर्ष करार अवधि तोकेर वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी मार्फत वैदेशिक रोजगारीमा जानका लागि बाटो खुल्ला गरेको छ ।

दुई वर्ष करार अवधि तोकिए पनि यस अघि छ महिनाका लागि माग हुने गरेकाले मौसमी श्रमिक जाने गरेको पाइएको थियो ।

तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यति नै भनेर नतोकिएका कारण मौसमी श्रमिकका रूपमा पनि श्रम स्वीकृति लिएर कतिपय गन्तव्य मुलुक पुगिरहेका छन् ।

मौसमी कामका लागि युवाको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकार आफैँले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको मन्त्री कुँवरले जानकारी दिनुभयो ।

IME Lifesidebar
kumari