stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल वायुसेवा निगमको भैरहवा उडान अनिश्चित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल वायुसेवा निगमले तत्काल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नगर्ने भएको छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले हिउँदे उडान तालिका अनुसार सोमबारदेखि काठमाडौँ–दोहा–भैरहवा–काठमाडौँ सातामा दुई दिन र काठमाडौँ–क्वालालम्पुर–भैरहवा–काठमाडौँ साताको एक दिन उडान तालिका स्वीकृत गरेको थियो।

तर निगम सञ्चालक समितिको बोर्ड बैठक बस्न नसक्दा र सम्बन्धित गन्तव्यमा उडान गर्नका लागि ओभरफ्लाइङको अनुमति नपाउँदा उक्त गन्तव्यमा कहिलेदेखि उडान हुन्छ भन्नेबारे टुङ्गो लाग्न सकेको छैन।

नयाँ गन्तव्यमा उडान गर्नुअघि निगम सञ्चालकको बोर्ड बैठकले निर्णय गर्नुपर्ने भए पनि भैरहवामा उडानबारे निर्णय गर्न बोर्ड बैठक बस्न सकेको छैन।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार निगमले भैरहवामा उडान सुरु गर्न भारत, म्यान्मा, बङ्गलादेश, थाइल्यान्डलगायतका मुलुकसँग ओभरफ्लाइङ अनुमति लिने प्रक्रियामै रहेकाले पूर्वनिर्धारित समयमा भैरहवाबाट उडान सुरु गर्न नसकिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले अध्ययन गरिसकेको छ।

गन्तव्य विस्तारबारे बोर्डको बैठकबाट निर्णय हुन बाँकी रहेकाले सोमबारदेखि नै उडान सुरु हुँदैन।”

निगम स्रोतका अनुसार कार्यकारी अध्यक्ष युवराज अधिकारी देशबाहिर रहनुभएकाले बोर्ड बैठक बस्न सकेको छैन।

आवश्यकता र विषयको महìवको आधारमा निगमको बोर्ड बैठक बस्न सक्ने भए पनि नयाँ गन्तव्य विस्तारबारे निर्णय गर्न बैठक बस्न नसक्दा तत्काल भैरहवामा उडानबारे अन्योल देखिएको स्रोतले जनाएको छ।

 

prabhu mahalaxmi
kumari