citizens life insurance long ad
stcnepal long ad

मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको आठ दिन पूरा भएपनि अझै पूरै पानी वितरण हुन सकेको छैन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको आठ दिन पूरा भएपनि अझै पूरै पानी राजधानीमा वितरण हुन सकेको छैन ।

मेलम्चीबाट दैनिक तीन करोड ५० लिटर पानी आइरहेको मेलम्ची आयोजनाले जनाएको छ । तर आएको पानी भने वितरण हुन सकेको छैन ।

मङ्सिर १८ गते मेलम्ची खोलाबाट १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो । यसको छ दिनपछि अर्थात् मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीका धारामा तेस्रोपटक मेलम्चीको पानी वितरण सुरु भएको थियो ।

छ महिनासम्म बन्द रहेको वितरण सञ्जालमा आएको समस्याका कारण पूरै पानी वितरण गर्न नसकिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटे ड(केयुकेएल) ले जनाएको छ ।

केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्व’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो ।

यसका कारण सबै पानी अझै राजधानीमा वितरण हुन सकेको छैन । सत्र करोड ५० लाख लिटर पानी वितरण गर्न अझै केही दिन लाग्ने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिनुभएको छ ।

IME Life
kumari