इन्टरनेट सेवा प्रदायक कम्पनीहरु र नेपाल विद्युत प्राधिकरणबीचको विवादका कारण पुस ८ गतेदेखि इन्टरनेट बन्द हुन सक्ने
प्राधिकरणले दियो तार काट्ने चेतावनी
काठमाडौँ । आउँदो पुस ८ गतेदेखि तपाईको घर वा अफिसमा इन्टरनेट सेवा बन्द हुन सक्नेछ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरु र नेपाल विद्युत प्राधिकरणबीचको विवादका कारण यस्तो समस्या आउन लागेको छ ।
इन्टरनेट सेवा प्रदायकहरुले प्राधिकरणको पोलहरु प्रयोग गरी तार ग्राहकको घर तथा अफिससम्म पुर्याएका छन् । तर पोल प्रगोग गर्दा प्राधिकरणसँग सम्झौता नगरेको, पोल प्रयोग गरेबाफत प्राधिकरणलाई भाडा नबुझाएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको विद्युतीय उपकरण प्रयोग गर्ने सम्झौता गरेका कम्पनीहरुले पनि नियमित भाडा नबुझाएको, सम्झौता नविकरण गरेको विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले इन्टरनेट तथा टेलिफोन सेवा प्रदायकलाई पटक पटक ताकेता गरेको तर उनीहरुले प्राधिकरणलाई अटेर गरेको भन्दै पुस ७ गतेसम्म पनि भाडा बक्यौता नबुझाएमा वा सम्झौता नगरेमा वा सम्झौता नविकरण गरेरमा केबुल तथा तथा अप्टिकल फाइवर सबै काटेर फालिदिने प्राधिकरणले जनाएको छ ।

























