stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अख्तियारद्वारा सर्वोच्च अदालतमा पुनरावेदन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलामाथि आयोगलाई चित्त नबुझेकाले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पुनरावेदन हुने मुद्दामा भगवान् भट्टराईमाथि रहेको राजश्व रकम बैङ्क दाखिला नगरी भ्रष्टाचार गरेको आरोप छ ।

यसैगरी आयोगले कारबाहीका लागि लालु गिरी, रामबहादुर दाहाल, छविलाल ढकाल, माधवप्रसाद खनाल र राजु श्रेष्ठमाथि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट र सार्वजनिक सम्पत्ति हानिनोक्सानी सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार मङ्सिर २५ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari