stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सरकारी पोसाकमा रेस्टुरेन्ट पुगेर राजस्वको अनुगमन भन्दै ठगी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं नयाँ बसपार्क क्षेत्रमा सरकारी पोसाक र परिचय–पत्रमा सजिएर आन्तरिक राजस्व कार्यालयको कर्मचारी बताउँदै ठगी गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शानिबार साँझ पक्राउ गरेका आठ जनालाई जिल्ला प्रहरी परिसर टेकुले सार्वजनिक गरेको हो। ‘होटल तथा रेस्टुरेन्टमा राजस्व अनुगमनका लागि आएका हौँ’ भन्दै उनीहरूले रकम असुली गरेको प्रहरीले जनाएको छ।

आन्तरिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद दिँदै असुल गरेको सूचनाका आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी परिसर टेकुले जनाएको छ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासी हुप्सेकोट–३ घर भएर काठमाडौं बालाजु बस्ने २९ वर्षीय बिनबहादुर विक, पाँचथरको फिदिम–१ घर भएर ललितपुर बस्ने २२ वर्षीय सिर्जना भट्टराई, अछामको बान्नी गढी–६ घर भएर हाल काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय सागरजंग लुहार, सिन्धुपाल्चोक साँगागढीचोक–३ घर भएर सामाखुसी बस्ने २३ वर्षीय प्रमिशा तामाङ, अछामको बान्गढी जयगढ–६ घर भएर ललितपुर बस्ने २३ वर्षीय दुधकला बिक, नुवाकोट बेलकोटगढी–१ घर भएर काठमाडौं मनमैजु बस्ने २१ वर्षीय अञ्जना तामाङ, कञ्चनपुर बेतकोट–९ बस्ने २४ वर्षीय राजीव विष्ट र कञ्चनपुर बेतकोट–१० घर भएर काठमाडौं थापाथली बस्ने २५ वर्षीय डेबिट धामी छन्।

कञ्चनपुर बेतकोट–९ का राजीव विष्टको साथबाट आन्तरिक राजस्व कार्यालय लेखेको स्टाम्प दुई थान, अनुगमन अधिकृत लेखिएको स्टाम्प एक थान, हस्ताक्षर भएको स्टाम्प एक थान, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेली, राजस्वसम्बन्धी किताब, आन्तरिक राजस्व कार्यालयको परिचय–पत्र सात थान, ८४ हजार ७३० रुपियाँ प्रहरीले फेला परेको छ।

कञ्चनपुर बेतकोट–१० का डेबिट धामीको डेराबाट आन्तरिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद–४९ ठेली, रोजगारी आवेदन फारमहरू, इम्पोइमेन्ट एग्रिमेन्ट फारम, आन्तरिक राजस्व कार्यालय लेखिएको लेटर प्याडका पाना, आन्तरिक राजस्व कार्यालय लेखिएको परिचय(पत्र तथा परिचयपत्र झुन्ड्याउने डोरी, सीपीयू एक थान, एक थान स्टाम्पलगायतको सामान प्रहरीले फेला परेको छ।

चार दिनदेखि बसपार्क इलाकाको होटल लज, पसल तथा फुटपाथ पसलबाट रकम असुल गरेको फेला परेकाले उक्त घटनाको सम्बन्धमा प्रहरी वृत्त महाराजगन्जले थप अनुसन्धान गरिरहेको जनाएको छ।

prabhu mahalaxmi
kumari