citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सराङ्गकोट सहकारी संस्थाद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

पोखरा । सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

सराङ्गकोट सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १८ मा रहेको जन जागृतमा मा.वि. का २४ जना विद्यार्थीहरुलार्य न्यानो कपडा वितरण गरिएको हो ।

न्यानो कपडा वितरण गर्दै संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि.सी.ले सहकारी मार्फत विद्यार्थीलाई गरिएको सहयोग महत्वपूर्ण रहेको बताए ।

संस्थाले स्थापना देखि सञ्चार, आर्थिक कारोबार सँगै विविध सामाजिक कार्यहरु गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य यम बहादुर थापा, संस्थाका सल्लाहकार इन्द्र कमल मानन्धर, लेखा समिति सदस्य  शिव बहादुर थापा, व्यवस्थापक सुरेन्द्र थापाले संस्थागत भनाई राखेका थिए ।

संस्थाले यस वर्ष त्रिदिवसीय कार्यक्रम अन्तर्गत सदस्य स्वास्थ्य सचेतना ,समुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा ,बृद्घाश्रममा भौतिक सामान वितरण गरिने भएको छ ।

 

himalayan life insurance
igi long