stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालसँग सल्लाह नै नगरि भारतले नेपाली भूमि हुँदै चीन जाने बाटो खोल्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २७ गते शनिबार

काठमाडौं । नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको लचकता देखाउँदा समेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो।

उक्त सडक भारतबाट मानसरोवर जाने सबैभन्दा छोटो बाटोको रूपमा हेर्न सकिन्छ। यो सडक भारतको राजधानी दिल्लीबाट लिपुलेकको दूरी सात सय ५० किलोमिटर हुन्छ र त्यहाँबाट मानसरोवरको दूरी ९७ किलोमिटर मात्र छ।

भारतका रक्षा मन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्स मार्फत उक्त सडकको उद्घाटन गरेपछि सञ्चार माध्यमले सार्वजनिक गरेका हुन्। यो विषयमा दिल्लीस्थित नेपाली दूतावास पनि वेखबर छ।

दिल्लीस्थित नेपाली दूतावासमा कूटनीतिज्ञमात्र छैनन्। नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारी समेत छन्। उनीहरूले त्यहाँ भइरहेका गतिविधिबारे कुनै जानकारी परराष्ट्र मन्त्रालयलाई दिन सकेका छैनन् । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट

prabhu mahalaxmi
kumari