citizens life insurance long ad
stcnepal long ad

सुवाल इन्टरनेसनल कलेजले सम्बन्धित निकायबाट स्वीकृति तथा सम्बन्धन नलिएको पुष्टि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घलाटेमा सञ्चालित सुवाल इन्टरनेशनल कलेजले सम्बन्धित निकायबाट स्वीकृति तथा सम्बन्धन नलिएको पुष्टि भएको छ ।

बिना स्वीकृति तथा सम्बन्धन सञ्चालन भएको उजुरी परेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले अनुसन्धान गर्दा सम्बन्धित निकायहरुबाट सम्बन्धन तथा अनुमति नलिएको पाइएको परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले बताए ।

उजुरी परेपछि परिसरले कलेजको प्रिन्सिपल भनिएका डा. प्रकाश सुवाललाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको थियो ।

अहिले उनीविरुद्ध ठगी मुद्दा अगाडी बढाइएको परिसरले जनाएको छ। कलेज पढाउने नाममा कत्ति जना विद्यार्थीबाट, के कत्ति शुल्क लिएको छ भन्ने अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।

कलेजले पीसीएल नर्सिङ, एचए, फार्मेसी पढाउने भनेर ६० हजारदेखि डेढ लाखसम्म शुल्क उठाएको विद्यार्थी तथा अभिभावकले जानकारी दिएका थिए । करिब २५० विद्यार्थी भर्ना भएको विद्यार्थीहरूले बताएका छन् ।

कलेजले वेबसाइटमा एमबीबीएस, बीडीएस लगायत चिकित्सा शिक्षाका विभिन्न विधा अध्यापन गराउने उल्लेख गरेको छ । भर्ना भएका विद्यार्थीका लागि कलेजले तीन वटा होस्टल समेत सञ्चालनमा ल्याएको पाइएको छ ।

कलेजको विषयमा समाचार बाहिर आएपछि चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थी तथा अभिभावकलाई भर्ना नगर्न÷नगराउन सूचना जारी गरेको छ । साथै त्रिवि पाठ्यक्रम विकास केन्द्रले समकक्षता नदिने सूचना मार्फत स्पष्ट गरेको छ ।

IME Life
kumari