stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मेलम्चीको पानी एक सातामा सुन्दरीजल आउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा तेस्रो पटक ल्याउन मुहानबाट आयोजनाको सुरुङमा पठाइएको छ । बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै गत असार १७ गतेदेखि सुरुङको ढोका बन्द गरिएको थियो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाउन सुरु गरिएको जानकारी दिनुभयो ।

करिब पाँच महिनापछि मुहानबाट सुरुङमा पानी पठाइएको हो । अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौँ पथान्तरण गर्न थालिएको हो । अम्बाथानदेखि सुन्दरीजलसम्म सुरुङको लम्बाइ २६ किलोमिटर छ ।

“हेडवक्र्सबाट पानी पठाउन सुरु गरिएको एक हप्ताभित्रमा अम्बाथानदेखि सुन्दरीजलसम्मको सुरुङ पूर्ण रूपमा भरिन्छ । सुरुङ भरिएपछि सुन्दरीजलबाट काठमाडौँ उपत्यकामा वितरणको लागि आयोजनाको थोक वितरण प्रणालीमा करिब १७ करोड लिटर पानी पठाइने छ”, उहाँले भन्नुभयो ।

“काठमाडौँ उपत्यकामा पानी वितरणका लागि आयोजनाको वितरण प्रणाली तयारी अवस्थामा रहेको बताउँदै प्रवक्ता पन्तले मङ्सिरभित्र मेलम्चीको पानी पुनः काठमाडौँमा वितरण गरिने जानकारी दिनुभयो । उहाँले यस वर्षको बाढीपहिरोले बगाएका सडक तथा पुल अस्थायी रूपमा निर्माण भइसकेको बताउनुभयो ।

आयोजनाका प्रवक्ता पन्तकाअनुसार बाढीपहिरोले थुपारेका ढुङ्गा र माटो पन्छाउने काम सुरु भएको छ । “मेलम्चीको हेडवक्र्ससम्म पुग्ने अस्थायी बाटो निर्माण भइसकेको छ । आयोजनाका प्रमुख तथा प्राविधिकले मुहानस्थलमा पुगेर क्षतिबारे अध्ययन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।

आयोजनाको सुरुङको सफाइ तथा मर्मत कार्य सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । मुहान स्थलमा आवश्यक मात्रामा जनशक्ति, एक्साभेटर, टिपरलगायतका उपकरण उपलब्ध गराइएको छ ।

यस वर्षको वर्षा सुरु भएसँगै बन्द गरिएको मेलम्चीको मुहानमा माटो र ढुङ्गा पन्छाउन अहिले छवटा एक्साभेटर र छवटा टिपर प्रयोग भएको आयोजनाले जनाएको छ ।

यस वर्षको बाढीपहिरोले विगत जस्तो ठूलारठूला ढुङ्गा तथा धेरै मात्रामा बालुवा र माटो नथुपारेकाले माटो र ढुङ्गा पन्छाउन धेरै समय नलाग्ने प्रवक्ता पन्तको भनाइ छ ।

गेट नम्बर १ मा समेत फलामको पाता राखिएकाले यस वर्षको बाढीपहिरोले क्षति पु¥याउन नसकेको उहाँको भनाइ छ । वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहान तथा सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएको थियो ।

गत वर्ष असार १ र साउन १७ गते पहिरोसँगै आएको बाढीले मेलम्चीको मुहान क्षेत्र र सुरुङ मार्गमा ठूलो क्षति पु¥याएको थियो ।

२०७७ चैतमा मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो । मेलम्ची खोलामा आएको बाढीपहिरोले मेलम्चीका संरचना एवं प्रवेश मार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी राजधानी आएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

prabhu mahalaxmi
kumari