विश्वकप–२०२२ : क्यामरुन र सर्बियाको रोमाञ्चक बराबरी
Cameroon's Eric Maxim Choupo-Moting , left, scores his side third goal during the World Cup group G soccer match between Cameroon and Serbia, at the Al Janoub Stadium in Al Wakrah, Qatar, Monday, Nov. 28, 2022. (AP Photo/Pavel Golovkin)
काठमाडौँ । फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ को भर्खर सम्पन्न खेलमा क्यामरुन र सर्बियाले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।
६ गोल भएको खेलमा एक एक अंक जोडेसँगै दुवै टिमले अन्तिम खेलअघि प्रिक्वार्टरफाइनलको सम्भावना जीवितै राखेका छन ।
खेलमा क्यानरुनले पहिले अग्रता लिएको थियो । क्यामरुनका लागि जिन चार्ल्सले गोल गरेका थिए। पहिलो हाफको इन्जुरी टाइममा सर्बियाले दुई गोल गर्दै पहिलो हाफअघि अग्रता लिएको थियो।
सर्बियाका लागि पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा पाब्लोभिक र तेस्रो मिनेटमा साबिकले गोल गरेका थिए। दोस्रो हाफको ५३ मिनेटमा मिट्रोभिकले गोल गरेपछि सर्बिया ३–१ अघि बढेको थियो।
तर क्यामरुनले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याएको थियो। क्यामरुनका लागि ६३ मिनेटमा अबोउबारक र ६६ मिनेटमा चोउपो मोटिङले गोल गरेका थिए।
























