citizens life insurance long ad
stcnepal long ad

सेञ्चुरी कमर्शियल बैंकको शेयर कारोबार फुकुवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको शेयर कारोबारआज फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज मंसिर ११ गतेको निर्णय अनुसार बैंकको शेयर  कारोबार फुकुवा भएको हो । अब भोलि सोमबारबाट बैंकको शेयर खरिद–विक्री गर्न सकिने भएको छ ।

नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था भएसँगै बैंकको शेयर कारोबार फुकुवा भएको हो ।

IME Life
kumari