sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मौद्रिक समिक्षाले शेयर बजारलाई संबोधन गर्ने चर्चा सँगै ३२ अंकको सुधार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज प्रथम त्रैमाशिक मौद्रिक समिक्षा सार्वजनिक गर्ने तयारी सँगै दोस्रो बजारमा उछाल आएको छ । मौद्रिक समिक्षाले तरलता व्यवस्थापनदेखि लिएर शेयर बजारलाई सपोर्ट गर्ने गर्ने चर्चा सँगै नेप्से परिसूचक ३२ अंकले सुधार भएको हो ।

चुनाव सकिए सँगै नेपाल राष्ट्र बैंकले मौद्रिक समिक्षा जारी गर्न थालेको हो । पहिलो त्रैमाश सकिएको एक महिना वितिसक्दा पनि राष्ट्र बैंकले मौद्रिक समिक्षा जारी गर्न सकेको थिए ।

व्यवसायीहरुले नेपाल राष्ट्र बैंकलाई मौद्रिक समिक्षा मार्फत अहिलेको तरलता अभावको समस्या र आर्थिक मन्दीलाई समाधान गर्न गरि काम गर्न आग्रह गर्दै आएको छ ।

साताको पहिलो कारोबार दिनमा नेप्से सूचक ३२.४३ अंकले सुधार भएर १९६५.९८ अंकमा रोकिएको छ । आज १६९ वटा कम्पनीको मूल्यमा सुधार आउदा २० वटाको घटेको छ ।

सर्वाधिक धेरै डिप्रोक्स लघुवित्तको ८.२१ प्रतिशतले मूल्य बढेको छ । बम्पर लाभांश घोषणा गरेको हिमालयन डिष्ट्रिलरीको शेयर सर्वाधिक धेरै ४ करोड ५० लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

म्युचुअल फण्ड बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ । सबैभन्दा धेरै फाइनान्स र माइक्रोफाइनान्सको सूचकमा सुधार देखिएको छ ।

चुनाव पछि आजको सुधार सबैभन्दा ठुलो सुधार हो । अव नयाँ सरकार आउनेछ । साथै गभर्नरले पनि हिजोका दिनमा जति असहयोग गरेका थिए भोलिक दिनमा निरन्तरता दिने सम्भावना कम छ ।

यदि एमालेको नेतृत्वमा सरकार गठन भयो भने उनले सकारात्मक रुपमा काम गर्ने छन् । तर अहिलेसम्म कसरी सरकार बन्छ भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन ।

prabhu bank
nawakantipur long