sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मंसिर पहिलो साता बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मंसिर पहिलो साता वाणिज्य बैंकहरुमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार मंसिर ९ गतेसम्म बैंकहरुले ४५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

अघिल्लो साता अर्थात मंसिर २ गतेसम्म ४५ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि ३ अर्ब रुपैयाँले विस्तार भएको छ ।

मंसिर २ गतेसम्म ४२ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकामा मंसिर ९ गतेसम्म ४२ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो । मंसिर ९ गतेसम्म बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.८६ कायम रहेको छ ।

prabhu bank
nawakantipur long