stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुन्छ : मेयर साह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताएका छन् ।

शुक्रवार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मेयर साहले थिएटर फेस्टिबल र फिल्म फेस्टिबलहरु महानगरपालिकाको बजेटमा नै ल्याएर संरक्षण गर्न र कलासम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको पनि बताए ।

उनले कला, संस्कृतिलाई महत्व दिनेकुरा जिम्मेवारीका रहेको बताउनु भयो । उहाँले खेलकुदका लागि पनि छुट्टै विभाग र कलासम्बन्धी पनि छुट्टै विभाग बनाएर काम गरेमात्रै सबै क्षेत्रको विकास सम्भव हुने बताए ।

उनले भने, ‘थिएटर फेस्टिबलहरु, फिल्म फेस्टिबलहरु बजेटमा आइसकेको छैन, तर उहाँहरुसँग बिस्तारै अर्को वर्षदेखि हामीले यसलाई अफिसियल्ली बजेट किताव (रोतो किताव) मा नै ल्याएर यसलाई भव्य तरिकाले गर्न सकिन्छ की भन्ने आशा छ ।

महानगरपालिका भएको नाताले कलालाई महत्व दिने कुरा जिम्मेवारी हो र महानगरपालिका भन्नलाई यो चिज चाहिँदो रहेछ ।

हामीले विभिन्न विधालाई प्रमोट गर्न खोज्दैछौँ । हाम्रो छुट्टै विभागहरु हुँदैन, खेलकुद विभाग छुट्टै छैन । छुट्टै खेलकुदको लागि पनि विभाग चाहिँदो रहेछ । कला लगायत धेरै विधालाई प्रमोट गर्न बाँकी छ ।’

मेयर साहले कला र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि काठमाडौं महानगरपालिकाले कामहरु गरिरहेको बताए ।

prabhu mahalaxmi
kumari