citizens life insurance long ad
stcnepal long ad

भोलि मङ्सिर १० गते नेपाल इन्फ्रास्ट्रक्चरको साधारण सभा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले मङ्सिर १० गते साधारणसभा आह्वान गरेको छ । बैंकले उक्त सभा बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा गर्ने जनाएको छ ।

निफ्राले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४.२१०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनी ऐन २०६३ को दफा १११९३० र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ ९२० बमोजिम बहालवाला लेखापरीक्षक श्री M.G.S. &Associates, Chartered Accountants पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरि प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन थप गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल थपघट संशोधन परिमार्जन गर्न वा मिलाउन वा सो सम्बन्धमा अन्य निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १ गते बुक क्लोज गरिसकेको छ । कार्तिक ३० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

IME Life
kumari