stcnepal long ad
ime life insurance
global ime bank long

एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन “एस् इग्नाइट” सम्पन्न

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ  । नेपालको अग्रणी व्यवस्थापन संकायको कलेज मध्यको एक, एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले ४८ घन्टे ह्याकथन “एस् इग्नाइट” आयोजना गरेको छ ।

कलेजकै प्राङ्गणमा सम्पन्न भएको यस ह्याकथन यस प्रक्रारको अहिले सम्मकै पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेको छ ।

ह्याकथनमा उपत्यका भित्र र बाहिर गरी १०० भन्दा बढी सहभागिहरु भएका यस ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तर राष्ट्रिय संस्थाहरुको सहयोग रहेको छ।

इभेन्ट लिड प्रज्वल श्रेष्ठले भन्नुभयो “विभिन्न क्षेत्रका युवा प्रतिभाहरुको क्षमता र समस्या समाधान गर्नको लागि उनीहरुले गरेको सिर्जनात्मक सहकार्यले पक्कै पनि सकरात्मक परिवर्तन ल्याउनेछ ।

हामीले गर्नैपर्छ र हामीले नै गर्न सक्छौँ भन्ने उनीहरुको मनोबल वास्तवमै प्रशंसनीय छ । उनीहरुको उत्साहजनक सहभागिताले पक्कै पनि ह्याकथनलाई वास्तवमै सफल बनाएको छ ।”

त्यस्तै एस् इग्नाइटका मेन्टर मध्यका एक बेन्जिन दाहालले भन्नुभयो “विद्यार्थीहरु वास्तविक समस्या हरु समाधान गर्न को लागि एउटै प्ल्याट्फर्ममा आएर उनीहरुले गरेको सहकार्य सराहनीय छ ।

ह्याकथनको सबैभन्दा राम्रो कुरा भनेको उनीहरु आफ्नो इनोभेसनमा मात्र सिमित नभै त्यो इनोभेसन आवश्यक हुने ठाउँमा पुर्याउन पनि उत्तिकै प्रयासरत थिए।

त्यस्तै प्रमुख अतिथिको रुपमा पाल्नु भएका शाओमीका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाज्युले भन्नुभयो “युवाहरु आँफैले नेत्रित्व लिएर युवाहरुकै लागि जुन ह्याकथन आयोजना गरे, त्यसमा हामी पनि सहभागि हुन पाउँदा एकदमै खुशी लाग्यो ।

आफ्ना नयाँँ सोच र आइडियाहरुलाई कसरी समाधानमुलक तरिकाले व्यवहारमा उतार्न सकिन्छ भनेर मिलेर काम गरेको देख्दा सार्है राम्रो लागेको छ ।”

एस् इग्नाइट का विजेताहरु
प्रथम स्थान टिम यारस

युनिका बज्राचार्य, अनुज छेत्री, अश्मित रजौरे, रुजल आचार्य, सुबन श्रेष्ठ

दोश्रो स्थान टिम पि एन पि

बंशज पौडेल, नदिका पौडेल, क्रिश्बिन पौडेल, महिमा ढकाल

तेश्रो स्थान टिम टेली टबिज

सुगम पौड्याल, रोशिश श्रेष्ठ, सिमोन प्रधानाङ्ग, समिर श्रेष्ठ, आयुश राज पाण्डे

prabhu mahalaxmi
kumari