stcnepal long ad
ime life insurance
national life
global ime bank long

भर्जिनिया वालमार्ट गोलीकाण्डः कम्तीमा दश जनाको मृत्यु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भर्जिनियाको वालमार्टमा मङ्गलबार राति भएको गोलीकाण्डमा धेरै मानिस मारिएका तथा घाइते भएका प्रहरीले बताएको छ । घटनामा हताहत एवम् घाइते भएकाको पूर्ण विवरण प्राप्त नभए पनि कम्तीमा १० जनाले ज्यान गुमाएका छन् ।

वालमार्टमा गोली प्रहार गर्ने आक्रमणकारी पनि मारिएको छ । दैनिक उपभोगका सरसामान पाइने उक्त पसलमा सुरक्षाकर्मी पुग्दा धेरै मृतक र घाइतेलाई फेला पारेका थिए ।

तत्काल उनीहरूको उद्धारमा अधिकारीहरू परिचालन भएका थिए । वालमार्टमा एकव्यक्तिबाट हमला भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

वालमार्टले भर्जिनियाको चेसापेकस्थित आफ्नो स्टोरमा भएको दुखद घटनाबाट स्तब्ध भएको जनाउँदै प्रभावित समुदाय समुदायप्रति सहानुभूति प्रकट गरेको छ ।

घाइतेको उपचार गरिरहेको नार्फोक जनरल अस्पतालले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी नदिइ पाँच जना अस्पताल भर्ना भएका बताएको छ ।

IME Lifesidebar
kumari