stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मीको ७५ इन्चको टिभि जित्ने गोल–डेन अवसर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँः नेपालको अग्रणी स्मार्टफोन र टि.भि. कम्पनी शाओमीले वल्र्ड कप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यु एलइडि टेलिभिजन जित्ने गोल–डेन अवसर प्राप्त गर्न सक्नेछन् ।

यसको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भन्नुभयो, “फिफा वल्र्डकप समस्त फुटबल प्रेमीहरुको लागि एकदमै प्रतिक्षित समय हो ।

वल्र्डकप हेर्नकै लागि भनेर नयाँँ टेलिभिजन किन्ने समय कुरेर बस्ने ग्राहकहरु धेरै हुन्छन् । यही कुरालाई मध्यनजर गरेर हामीले हाम्रा मी ग्राहकहरुको लागि गोल–डेन अफर ल्याएका छौँ ।
वहाँँहरुको मी अथवा रेडमी टेलिभिजन खरिद गर्ने गोल–डेन रहरलाई अझै रोमाञ्चक बनाउन पाउँदा हामी पनि धेरै उत्साहित छौँ ।”

यस अफर अन्तर्गत कुनै पनि मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले रु २,९९,९९९ मुल्य बराबरको ७५ इन्चको मी क्युएलइडि टेलिभिजन जित्ने मौका पाउनेछन् ।

त्यस्तै अन्य ग्राहकहरुले दैनिक रुपमा रु ४५,९९९ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र ईलेक्ट्रिक टुथब्रश पनि जित्न सक्नेछन् ।

लक्की ड्रमा सहभागि हुनको लागि टिभिमा भएको कोड स्क्यान गर्नुपर्ने हुन्छ अथवा टिभिको सिरियल नम्बर ३१००७ मा पनि एस्एमएस् गर्नुपर्ने हुन्छ । यो अफर मंसिर ४ गते देखि पौष ३ गतेसम्म लागु हुनेछ ।

prabhu mahalaxmi
kumari