stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल स्टक एक्सचेञ्जले सिभिल बैंकको शेयर कारोबार फुकुवा

सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने तथा गाभिने सम्झौता गरेसँगै कम्पनीको शेयर कारोबार नेप्सेले रोक्का गरिदिएको थियो ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सिभिल बैंकको शेयर कारोबार फुकुवा गरेको छ । सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने तथा गाभिने सम्झौता गरेसँगै कम्पनीको शेयर कारोबार नेप्सेले रोक्का गरिदिएको थियो ।

धितोपत्र बोर्डले मर्जरमा जाने कम्पनीहरु तथा जान लागेका कम्पनीहरुको शेयर कारोबार बढीमा १५ दिन भन्दा रोक्का गर्न नपाइने निर्देशन बमोजिम बैंकको कारोबार खुला गरेको हो ।

नेप्सेले सिभिल बैंकको आधारभूत शेयरधनी बाहेकेको शेयरधनीको शेयर कारोबार आज मंसिर ६ गतेदेखि फुकुवा गर्ने निर्णय गरेको हो । अब बैंकका आधारभूत शेयर बाहेक सर्वसाधारण शेयर भोलिदेखि नेप्सेमा कारोबार हुनेछ ।

prabhu mahalaxmi
kumari