stcnepal long ad
global ime bank long

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २२ गते सोमबार

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाईल एप्स् मार्फत मोवाइल बैकिंङ सेवा उपलब्ध गराउनेछ ।

सेञ्चुरी पे मार्फत ग्राहकले ५० भन्दा बढि बैंकका खातामा रकम ट्रान्स्फर, बिजुलीको महशुल, टिभि, इन्टरनेटको बिल भुक्तानी, मोबाईल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढि मर्चेन्टमा क्युआर कोड मार्फत भुक्तानी गर्न सकिनेछ । यसैगरी  सेञ्चुरी पे मा आफ्नो मोबाईल मार्फत आफै मोबाईल बैंकिङ एक्टिभ गर्न सकिनुका साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ । एफवान सफ्टले तयार गरेको यो मोबाईल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको छ ।

देशकै कान्छो वाणिज्य बैंकको रुपमा स्थापित सेञ्चुरी कमर्शियल बैंकले अत्याधुनिक किसिमको बैंकिङ सेवा दिँदै आएको छ । बैंकले १ सय १३ शाखा, १० एक्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ८३ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

                  

सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।

IME Lifesidebar
kumari