stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

के एल दुगड समुहका अध्यक्ष किसन लाल दुगडलाई नेपाल बैंक द्वारा सम्मान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । के एल दुगड समुहका अध्यक्ष किसन लाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६ औ वार्षिकोत्सबको अबसरमा सम्मान गरेको छ ।

बैंकले किसन लाल दुगड आफ्नो सम्मनित, मर्यादित, नियमित सहयात्राीको रुपमा बैंकको स्थापना कालदेखी नै ब्यबसायिक साझेदारको रुपमा रही रहेको र यो कुरा बैंकले चिरकाल सम्म सस्थागत रुपमा स्मरण गर्ने जनाएको छ ।

मुलुकमा आर्थिक कारोबारलाई प्रबर्धन गर्दै रोजगारी श्रीजना गर्ने, उत्पादन मुलक क्षेत्रमा लगानी गरी निर्यातको माध्यमबाट बिदेशी मुद्रा आर्जन गर्ने, आपुर्ती प्रणालीलाई शाहअजिकरण गर्ने, आर्थिक कृयाकलाप सुचारु गर्दै उध्यमशिलताको श्रीब्रीद्दी गर्ने कार्यमा किसन लाल दुगडले पुर्याएको योगदानको साथी नेपाल बैंक हुन पाएकोमा पनि बैंकले गर्ब महसुस गरेको कुरा सम्मान प्रमाण पत्रमा उल्लेख छ ।

नेपाल बैंकको ब्यबसायिक तथा निसठावान ग्राहकको रुपमा निज दुगडलाई सम्मान पत्र बितरण नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी ज्युले गर्नु भएको थियो ।

उक्त अबसरमा सम्मान ग्रहण गर्दै किसान लाल दुगडले आफुले पहिलो बैन्किङ कारोबार नेपाल बैंकबाट गरेको,सन १९६० मा नेपाल बैंक मार्फत नै एल सि खोलेर Raw Jute निर्यात गरेको, सन १९८१ मा एउटै एल सि मार्फत बैंककै ईतिहासमा आज सम्मैकै ठुलो एल सि मार्फत चामल बङालादेश निर्यात गरेको, बैंककै साथका कारण आफु तथा आफ्नो समुहले कृषि तथा बिभिन्न क्षेत्रसँग सम्बन्धित उध्योग खोली उत्पादित बस्तुहरु बिदेशसम्म निर्यात गर्न सक्षम भएको कुर स्मरण गर्दै बैंकको उत्तरोत्तर प्रगतीको शुभकामना दिनु भएको थियो ।

prabhu mahalaxmi
kumari