stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राजस्व चुहावट गरेको आरोपमा २ जनाविरुद्ध मुद्दा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ ।

सर्लाहीको हरिवन नगरपालिका११ का किरण विश्वकर्मा र धनुषाको मिथिला नगरपालिकाका कमलकुमार लामाविरुद्ध २५ लाख बिगो बराबरको राजस्व चुहावट गरेको दाबीसहित विभागले उच्च अदालत पाटनमा अभियोग पत्र दर्ता गरेको हो ।

विभागले झण्डै २५ लाख बिगो र सजाय हुने बिगो २५ लाख गरी झण्डै ५० लाखको असुलउपर गरी हदैसम्मको सजायको माग गरेको छ ।

यस्तै विभागले दर्ता गरेको आरोप पत्रमा उक्त कपडासहित ओसारपसारमा संलग्न सवारीसाधन पनि जफत गर्न माग गरेको छ ।

विश्वकर्माले सञ्चालन गर्दै आएको प्रदेश २–०३–००१ ख १९९७ नम्बरको ढुवानीको साधनमार्फत बिल नभएका ठुलो परिमाणका कपडा लुकाइछिपाइ ओसारपसार गरिरहेको अवस्थामा बरामद भएकाले उनीहरूले भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य रहेको जिकिर गरिएको छ ।

सोही ऐनको दफा ४ (क), (ख) र )झ) बमोजिम राजस्व चुहावटको कसुर गरेको पुष्टि हुन आएकाले ट्रकसहितको कपडा बरामद गरी मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।

prabhu mahalaxmi
kumari