stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको ढुवानी बृद्धिका लागि निर्वाचन आयोगसँग अनुमति माग गरे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको ढुवानी बृद्धिका लागि निर्वाचन आयोगसँग अनुमति माग गरेको छ । निगम सञ्चालक समितिले ढुवानी भाडा बढाउने निर्णय गरेपछि निगमले भाडा कार्यान्वयनका लागि आयोगसँग अनुमति माग गरेको हो ।

केही दिन अघि बसेको निगम सञ्चालक समितिले ८ देखि १० प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय गरेपछि कार्यान्वयनका लागि आयोगसँग अनुमति माग गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको आचारसंहिता लागु हुँदा निगमले आयोगसँग अनुमति माग गरेको हो ।

निगमले पेट्रोलियम पदार्थका ढुवानी भाडा चार वर्षदेखि समायोजन गरेको छैन । ढुवानी व्यवसायीले भाडा समायोजन गर्न डेढ वर्षदेखि निगमसँग अनुमति माग गरेका थिए ।

लामो समयदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायीले निगम सञ्चालकलाई दबाब दिन पटकरपटक आन्दोलन गरी पेट्रोलियम पदार्थको ढुवानी समेत रोकेका थिए ।

पुल्चोकको प्रतिवेदनका आधारमा भाडा बढाइयो

निगमले ढुवानी भाडा समायोजनको अध्ययन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उपसचिवको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

उक्त उपसमितिमा काठमाडौं युनिर्भसिटीका प्रोफेसर मेकानिलक इन्जिनियर, यातायात व्यवस्था विभागको इन्जिनियर, ढुवानी व्यवसायीका प्रतिनिधि र निगमकै अर्थ विभागका प्रमुख सदस्य रहेका थिए ।

उक्त समितिले ढुवानी भाडा समायोजनको विषयमा अध्ययन निगम सञ्चालक समितिलाई प्रतिवेदन बुझाएको थियो ।

निगम सञ्चालक समितिले उक्त प्रतिवेदन माथि थप अध्ययन एवम् सुझावका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानमा पठाएको थियो । पुल्चोकबाट समिक्षा प्रतिवेदन आएपछि केही दिन अगाडी मात्रै निगम सञ्चालक समितिले भाडा समायोजन गर्न निर्णय गरेको हो ।

सञ्चालक समितिले निर्णय गरेतापनि निर्वाचन आचारसंहिताका कारण अनुमति लिनुपर्ने भएको हो ।

ढुवानी व्यवसायीको माग यातायात व्यवसायीले बढाएको भाडा अनुसार नै थियो तर निगम सञ्चालकले ८ देखि १० प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय गरेको उपाध्यायले बताए ।

‘निगममा बाह्य र आन्तरिक गरेर २५ देखि ३० वटा रुटबाट पेट्रोलियम पदार्थको ढुवानी हुने गरेको छ, समग्रमा १० प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको हो’, उनले भने ।

prabhu mahalaxmi
kumari