मंसिरमा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं । मंसिर महिनमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् ।
बैंकर्स संघको मंगलबार बसेको बैठकले मंसिर महिनमा कात्तिककै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए ।
ढुंगानाले भने, ‘अहिले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने सहमति भएको छ ।
असोजमा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ प्रतिशत र अधिकतम ९.१३३ प्रतिशत सम्म कायम गरेका छन् । यहि ब्याजदरले अब मंसिरमा पनि निरन्तरता पाउने छ । यता, निजी क्षेत्रले भने ब्याजदर घटाउन चर्को दबाब दिइरहेको छ ।
अब ब्याजदर घटाउनका लागि भने केन्द्रीय बैंकको मौद्रिक नीति समीक्षा फर्किनुपर्ने भएको छ । समीक्षामार्फत ब्याजदर घटाउन कुनै टुल्स आउन सक्ने अपेक्षा गरिएको छ ।
यता, वित्तीय प्रणालीमा विस्तारै लगानीयोग्य रकममा पनि सुधार हुँदै गएको छ । यसआधारमा पुसदेखि ब्याजदर घट्ने बाटोमा लाग्न सक्ने अवस्था रहेको विश्लेषकहरु बताउँछन् ।